भारतीय मिडियालाई नेपालमा प्रतिबन्ध गर्न नेपाली काँग्रेस प्रदेश समितिद्धारा सरकारलाई ज्ञापन

साझेदारी दैनिक
441 पाठक संख्या

कलैया : नेपाली काङ्ग्रेस मधेस प्रदेश कमिटीले देशको जनतामा गणतन्त्रको बिरुद्ध अपवाह फैलाउने गोदि मिडियालाई नेपालमा बन्द गर्न सरकारसंग माग गरेका छन ।

काँग्रेसले जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । काङ्ग्रेस मधेस प्रदेश उपसभापति एवम प्रशिक्षण बिभाग प्रमुख चन्द्रशेखर प्रसाद यादवको नेतृत्वमा मंगलबार बारा र पर्साका प्रजिअ लाई ज्ञापन पत्र बुझाएको हो ।

नेपालको सार्वभैमसता,आखण्डतामा आच आउने गरी मृत भई सकेको राजतन्त्रलाई प्रसई दिने गरी भारतीय गोदी मिडियाहरुले नेपाल र नेपाली जनताको भावना र मर्मलाई कुठाराघाट हुने गरी राजतन्त्र र राजाको पक्षमा वकालत गर्दै दिगभ्रमित रुपमा समाचार सम्प्रेशन गर्ने कार्य प्रति हाम्रो गम्भिर ध्यानाकषर्ण भएको विज्ञप्तीमा उल्लेख छ ।

त्यसता अफवाह फैलाउने मिडियाहरुलाई नेपालमा निषेध(वैण्ड) गर्नका पार्टीले निमित जोडदार मांग समेत गरेको छ ।

यसैगरी राजावादी आन्दोलनका क्रमममा मृत्यु भएका पत्रकार सुरेश रजक प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो सम्वेदना समेत प्रकट गरेको विज्ञप्तीमा जनाईएको छ ।

पत्रकारलाई हत्या गर्ने समुहको यथासिघ्र पहिचान गरी दोषीलाई कानुनको दायरामा ल्याई कडा भन्दा कडा कार्यवाही गर्न जोडदार मांग समेत गर्दछु। मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसंग गर्दछु,भन्दै विज्ञप्तीमा उल्लेख छ ।

बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले उक्त ज्ञापनपत्र बुझ्दै गृहमन्त्रालय मार्फत सरकार समक्ष ज्ञापनपत्र पु-याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Leave a review

This will close in 0 seconds