भिगोरियस र नियमित चेकिङ्गको क्रममा २ सय ३१ सवारी साधन प्रहरीको कारवाहीमा

संदिप प्रसाद यादव
386 पाठक संख्या

बारा प्रहरीले भिगोरियस र नियमित चेकिङ्गको क्रममा २ सय ३१ सवारी साधनलाई कारवाही गरेको छ ।

प्रहरी कारवाहीको सिलसिलामा शुक्रबार दिउसो जिल्ला प्रहरी कार्यालय बाराका मातहत समेत गरी ३० स्थानमा अपराध नियन्त्रण,रोकथाम तथा यातायात व्यवस्थापनको लागी ट्राफिक प्रहरी सहितको भिगोरियस चेकिङ्गको क्रममा ट्राफिक नियम विपरित चलाईएका १ सय ३० सवारी साधनहरूलाई कारवाही गरिएको हो ।

प्रहरीले कारवाही स्वरुप रू. १ लाख ९ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।

नियमित चेकजाँचको क्रममा १ सय १ सवारी साधनहरूलाई कारवाही गरी रू.९५ हजार ५ सय रुपैयाँ राजस्व संकल गरेको छ ।

प्रहरीले कुल सवारी साधन २ सय ३१ कारवाही गरी जम्मा रू.२ लाख ५ हजार रुपैयाँ राजश्व संकलन गरेको प्रहरीले जनाएको छ ।

उक्त चेकिङ्गमा २२ वटा मोटरसाइकल प्रहरीको नियन्त्रणमा लिई ट्राफिक व्यवस्थापन सम्बन्धि प्रशिक्षण तथा सचेतनामुलक कार्यक्रमहरू समेत संचालन भएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन ।

Leave a review