नगर स्तरीय कक्षा ८ को परीक्षाफल प्रकाशन,जीतपुरसिमरामा सरकारी विद्यालयका अझै ग्रेड उठ्न सकेन्

रञ्जन यादव
313 पाठक संख्या

जीतपुर : बारा जीतपुरसिमरा उपमहानगरपालिकामा रहेका सरकारी तथा निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूको परीक्षाफल सार्बजनिक भएको छ ।

उपमहानगरपालिकाले लिएको परिक्षमा सार्वजनिक तथ्यांक अनुसार,१२ सय ५५ जना बिद्यार्थीहरु उर्तीण भएका छन् । जुनमा निजी विद्यालयका विद्यार्थीहरूकै संख्या अत्यधिक रहेको देखिन्छ । परिक्षा दिएका कुल २,२५१ विद्यार्थीमध्ये १,२५५ जना उतीर्ण भएका छन् ,जसमा ७९८ जना निजी विद्यालयका र ४५७ जना सरकारी विद्यालयका रहेका छन्।

परिणाम अनुसार निजी विद्यालयका ८६.६४% र सरकारीतर्फ ३५.०५% बिद्यार्थी उतीर्ण भएका छन्। ९ सय ७० जना बिद्यार्थीहरु ( ४३.६ %) अनुर्तिण भएका छन् । त्यसैगरी १ देखि ७ वटा बिषयमसम्म अनुतिर्ण हुने बिद्यार्थीहरुमा निजी विद्यालयको तुलनामा सरकारी बिद्यालयका बिद्यार्थीहरु धेरै देखिएका छन् ।

उदाहरणस्वरूप,एउटा बिषयमा अनुतिर्ण हुने बिद्यार्थी सरकारी विद्यालयका २७४ जना र निजी विद्यालयका ८३ जना छन् । साँत वटै बिषयमा अनुतिर्ण हुने विद्यार्थी भने सरकारी विद्यालयमा २३ जना रहेका छन्। निजी विद्यालयबाट भने साँत वटै बिषयमा अनुतिर्ण हुने बिद्यार्थी देखिएका छैनन् ।

२६ जना विद्यार्थीहरू परीक्षामा अनुपस्थित रहेका छन्, जसमा २३ जना सरकारी र ३ जना निजी विद्यालयका हुन्। परिक्षा दिएका मध्ये सरकारी बिद्यालयको तर्फबाट ८ सय ४७ जना र निजी बिद्यालयतर्फबाट १ सय २३ जना अनुर्तिण भएका छन् । चारवटा बिषयमा अनुतिर्ण हुने बिद्यार्थीलाई मौँका परिक्षामा समावेश गर्ने नियम छ तर ४ वटा भन्दा बढी बिषय लागेका बिद्यार्थीहरु मौँका परिक्षा दिन पाउँदैनन् ।

मौँका परिक्षा दिने बिद्यार्थीहरुमा ७०७ जना सरकारीतर्फ र १२० जना निजी बिद्यालयतर्फका छन् । त्यस्तै सबैभन्दा बढी बिज्ञान र गणीत बिषयमा बिद्यार्थीहरु अनुर्तिण भएका छन् । बिज्ञानमा ६०७ जना र गणीतमा ५ सय ४४ जना बिद्यार्थी रहेका छन् ।

Leave a review

This will close in 0 seconds