गढीमाई साझेदारी बन ब्यवस्थापन उपभोक्ता समुह पथलैयाले आफनो महिला उपभोक्तालाई ३० दिने ब्युटिपार्लर सम्बन्धि तालिम प्रदान गरिरहेको छ ।
परवानीपुर गाउँपालिका वडा नं.३ मा सुरु भएको तालिमको प्राबिधिक समन्वय आशा ब्युटिपार्लर वीरगंजले गरिरहेको गढीमाई साझेदारी बन उपभोक्ता समुहका अध्यक्ष रामएकबाल साहतेलीले जानकारी दिनुभयो ।
जेठ १४ गते सुरु भएको तालिम असार ११ गते सम्म चल्नेछ । महिलाहरुलाई सिप सिकाई आयआर्जनतर्फ जोड्ने उदेश्यले तालिम प्रदान भईरहेको अध्यक्ष साहले बताउँनुभयो ।
गढिमाई साझेदारी बनका अध्यक्ष रामएकबाल साहतेलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नं.३ का वडा अध्यक्ष ईमराहिम मिया रहनुभएको थियो ।
कार्यक्रममा डिभिजन बन कार्यालय बाराका बन अधिकृत जवाहरलाल कुर्मी,वडा नं.४ का वडा अध्यक्ष गम्भीरा राउत कुर्मि लगायत बन ब्यवस्थापन समितीका सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन गढीमाई साझेदारी बन ब्यवस्थापन उपभोक्ता समुहका सदस्य सचिव तथा बन अधिकृत ललन राउत कुर्मीले गरेका थिए ।

