कलैया : प्रहरीले पर्साको बीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेटबाट बुधबार अबैध लागु औषध चरेश सहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला मोतिहारी पच्छिमी चम्पारण थाना सुगौली ग्राम पञ्चायत छपरा वडा नम्बर ७ बस्ने ४५ बर्षिय बिकाशसाह कानु रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
उनको साथ बाट दुई किलो ग्राम अबैध लागु औषध चरेश बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी ईनर्वा बाट खटिृएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ जादै गरेको पैदलयात्रीलाई जांच गर्ने क्रममा उनलाई अबैध लागु औषध चरेश सहित पक्राउ गरेको हो।
बरामद भएको गाँजा सहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

