बारा क्षेत्र नम्बर दुईमा जसपाको कोणसभा सम्पन्न

राजेश कुशवाहा
212 पाठक संख्या

कलैया : जनता समाजवादी पार्टी नेपाल प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाराले महागढीमँई नगरपालिका वडा नम्बर ७ तेलकुवा चोकमा सोमबार कोणसभा गरेको छ ।

संघियता, सुशासन , समाजिक न्याय र समाजवाद भन्ने मुल नाराका साथ जसपा क्षेत्र नम्बर दुईले उक्त कार्यक्रमको आयोजना गरेको हो । जसपा क्षेत्र नम्बर दुईका क्षेत्रिय अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा उक्त कोण सभा सम्पन्न भएको हो ।

कोण सभालाई सम्बोधन गर्दे जसपाका केन्द्रिय सदस्य रामकिशोर प्रसाद यादवले पार्टीले अघि सारेका २८ बुन्दे विभिन्न मागहरू र राष्ट्रिय मुद्दाहरू बारे जानकारी गराएका थिए ।

उक्त कोण सभामा जसपाका नेताहरु बच्चा राय यादव, उषा देवी, महेन्द्र यादव, सुरेश यादव, धर्मवीर यादव लगायतकाले पार्टीका नीतिहरू, मधेशको अधिकारका सवाल, सामाजिक न्याय, विकास लगायतको बारेमा आ आफनो धारणा राखेका थिए।

उक्त कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । उक्त कोण सभामा सञ्चालन शिवेन्द्रप्रताप सिंहको रहेको थियो ।

Leave a review