काठमाडौं : विश्वव्यापी मोबिलिटी र शहरी सेवा प्लेटफर्म इनड्राइभले आफ्नो बहुप्रतिक्षित “राइड एण्ड विन” प्लाटिनम ड्राइभर गिभअवे क्याम्पेन नेपालमा सफलतापूर्वक सम्पन्न गरेको छ। सो प्रतियोगितामा राजु योञ्जनले १५० सिसिको बजाज पल्सर जितेका छन्।
विवेक खत्री,सुरेन्द्र डंगौरा,विशाल तामाङले सामसङ ग्यालेक्सी ए५५ फाइभजी जितेका छन्। एमआई ३२ इन्च एचडी स्मार्ट एलइडी टिभी विजेतामा सुमन बास्केट, सुमन तामाङ, जगत नगरकोटी, सन्तोष नगरकोटी रहेका छन्।
अल्टिमा नोभा प्रो स्मार्टवाच जित्नेमा दिपक मिश्र,महेश ओली,मनोज चेपाङ,प्रदीप कुमार मानन्धर,नारायण थापा मगर,दिनेश कुमार,रामचन्द्र पौडेल,मनोज थारु,रमेश मगर,प्रसाद न्यौपाने रहेका छन्।
अल्टिमा बूस्ट २०के प्रो २०००० एमएएच पावरब्यांक जित्नेमा नीरज कुश्वार,किरण राई,एमडी जोहेर रेईन,श्यामबहादुर बस्नेत,प्रतीक बिष्ट,उज्ज्वल तामाङ,तिर्थकुमार राई,राम पाख्रिन कुमार, सुरज गुरुङ,राजकुमार आले रहेका छन्।
अल्टिमा एटम १९२ ब्लूटूथ इयरबड्स जित्नेमा दिनेश साउद,दिपक कुमार चौधरी,देवप्रसाद शेरचन,राजकुमार थापा,दिनेश बलायर,दिलकुमार कुस्ले,बैकुण्ठ पराजुली,सुमन मुक्तान,कृष्ण बहादुर भुजेल, नवीन शाह रहेका छन्।
ड्राइभर–पार्टनरहरूलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले सुरु गरिएको यो क्याम्पेन १० मार्च २०२५ मा सुरु भएको थियो। सो क्याम्पेनमा नेपालभरीका इनड्राइभ ड्राइभरहरूको उत्साहजनक सहभागिता देखिएको थियो। प्लाटिनम ड्राइभर गिभअवे अन्तर्गत ड्राइभरहरूले १० मार्चदेखि १६ मार्चसम्म ३५ राइड पूरा गरेपछि प्लाटिनम स्तरमा पुग्नुपर्ने थियो।
त्यसपछि १७ मार्चदेखि २३ मार्चसम्म तिनीहरूले गरेका राइडहरूको आधारमा विजेता छनोट गरिएको थियो। यस अवधिमा धेरै राइड गर्ने ड्राइभरहरू जित्ने अवसरमा अगाडि थिए।
यो घोषणा मार्च २६ मा बेलुका ७ः०० बजे इन्स्टाग्राममा प्रत्यक्ष प्रसारणमार्फत गरिएको थियो। जहाँ विजेताहरूको आधिकारिक रूपमा घोषणा गरिएको हो।
यो गिभअवे क्याम्पेनले ड्राइभरहरूको सहभागिता प्रोत्साहन गर्ने, ब्रान्डप्रति विश्वास बढाउने, र इनड्राइभको ड्राइभर समुदायसँगको सम्बन्धलाई अझ मजबुत बनाउने लक्ष्य राखेको छ। स्मार्टफोन, स्मार्टवाच, पावरबैंक जस्ता प्रविधिमैत्री पुरस्कारमार्फत यो क्याम्पेनले ड्राइभरहरूको अनुभवलाई थप समृद्ध बनाउने प्रयास गरेको छ।
इनड्राइभ नेपालका ड्राइभर अपरेशन्स स्पेसलिस्ट,सुनिता जिमी राईले आगामी योजनाहरू प्रति उत्साह व्यक्त गरिन। उनले भनिन्ः“यो सुरुवात मात्र हो। हामी हाम्रो ड्राइभर पार्टनरहरूका लागि अझ रोचक र पुरस्कारयुक्त क्याम्पेनहरू ल्याउने प्रतिवद्धता लिएका छौं।
हाम्रो उद्देश्य भनेको ड्राइभर कम्युनिटीलाई अझै शसक्त बनाउँदै थप आर्जनको अवसर सिर्जना गर्नु रहेको हो।

