बारामा सर्पको टोकाइबाट ११ वर्षीय बालकको मृत्यु

साझेदारी दैनिक
188 पाठक संख्या

कलैया । बारामा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ।

पचरौता नगरपालिका–३ श्रीनगर बैरिया निवासी मनोज प्रसाद कुशवाहाका अन्दाजी ११ वर्षीय छोरा संगम कुमार कुशवाहालाई शुक्रबार राति करिब १०:३० बजे सर्पले टोकेको थियो।

सर्पले टोकेको जानकारी पाएपछि परिवारका सदस्यले धामीझाँक्री बोलाई उपचार गर्ने प्रयास गरेका थिए। धामीझाँक्रीले अस्पताल लैजान सुझाव दिएपछि संगमलाई बाराको सदरमुकामस्थित प्रादेशिक अस्पताल कलैयातर्फ ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको थियो ।

Leave a review

This will close in 0 seconds