Sajhedari Daily
Latest News from Nepal

नेपालीहरुको महान चाडपर्व घरमै बसेर मनाउन बारा प्रहरी प्रमुख पंगेनीको आग्रह

Top Aside Banner

युनिक यादव/
बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीले नेपालीहरुको महान चार्डपर्व दशै, दिपावली तथा छठ पर्वहरु घरमै बसेर मनाउन आग्रह गरेका छन् ।

कलैया स्थित मनकामना कलेजले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक पंगेनीले बिश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड–१९ को प्रकोप अहिले पनि त्यसको प्रकोप रहेको हुँदा नेपाल सरकारद्वारा जारी निर्देशिका बमोजिम नेपालीहरु को महान चाड पर्व मनाउन अनुरोध गरेका हुन।

यस विषम परिस्थितिमा घर बाहिर निस्किदा भौतिक दुरि कायम गर्न साथै अनिवार्य रुपमा मास्क प्रयोग गर्न समेत प्रहरी प्रमुख पंगेनीले अनुरोध गरेका छन् । त्यस्तै उनले जिल्लाको शान्ति सुरक्षामा सबैले साथ दिएकोमा धन्यवाद ब्यक्त गरेका छन् । आफुहरु बारा जिल्ला बासीको शान्ति सुरक्षामा हरपल कटिबद्ध रहने प्रतिवद्धता समेत जनाएका छन ।

सो अवसरमा मनकामना कलेजले कक्षा १२ का बिद्यार्थीलाई बिदाईका साथै कक्षा ११ को स्वागत गरेको थियो । कार्यक्रममा मनकामना कलेजले तीन जना पत्रकारलाई समेत प्रशंसा पत्र बितरण गरेको थियोे । कलेजले नेपाल प्रेस युनियन बाराका सचिव एवम् बिश्वास एफ एमका प्रबन्ध निर्देशक साजिर मंसुर, बरसात एफएमका प्रबन्ध निर्देशक सिकेन्द्र पासवान, सस्कार एफएमका पत्रकार राजेश कुश्वाहालाई सम्मान गरेको हो ।

कार्यक्रममा कलैया उपमहानगरपालिका युवा शिक्षा तथा खेलकुद महाशाखाका प्रमुख बिजय अधिकारी, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवंम प्रहरी नायब उपरीक्षक गौतम मिश्र, नेपाल स्काउट बाराका आयुक्त भरत साह लगायतको उपस्थिति रहेको थियोे ।