कलैया बजारमा खशीको मासुको अभाव

साझेदारी दैनिक
618 पाठक संख्या

कलैया : बारामा विक्रम संवतको नयाँ वर्ष २०८२ को अवसरमा सोमबार बाराको कलैयामा खशीको मासुको अभाव भएको छ।

नयाँ वर्ष मनाउनका लागि कलैया बजारमा रहेको मासु पसलमा बिहानै देखि ग्राहकहरुको घुईचो लागेको थियो।

खशीको मासु लिनका लागि उपभोक्ताहरुलाई घण्टौ सम्म लाईनमा बस्नु परेको बारा कलैया वडा नम्बर १७ का जानकुणाल कुशवाहाले बताए।

घण्टौसम्म लाईनमा बसेर पनि मासु नपाएर कति ग्राहकहरु खाली हात फर्किन बाध्य भएको उनले बताए।

नयाँ वर्षमा कलैया बजारमा रहेको एक दर्जन भन्दा बढी मासु पसलहरुमा ग्राहकहरुको अत्याधिक भिड बढेको पत्रकार संजिव कुमार मिश्राले बताए।

खशीको मासु नपाएपछि उपभोक्ताहरु कुखुराको मासु किनेर घर फर्किएका थिए। कुखुराको मासु पसलमा समेत ग्राहकहरुको अत्याधिक भिड लागेको थियो। माछा पसलमा समेत ग्राहकहरुको अत्याधिक भिड बढेको थियो।

Leave a review

This will close in 0 seconds