पचरौतामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

साझेदारी दैनिक
318 पाठक संख्या

पचरौता : नूर आलम बादशाह/ बाराको पचरौता नगरपालिकाले नगर प्रमुख जीवन रक्षा कार्यक्रम अन्तर्गत आज बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

नगरपालिका कार्यालय परिसरमा भएकाे रक्तदान कार्यक्रममा एक महिलासहित १ सय ११ जनाले रगत दान गरेका छन् ।

बारा र पर्साका ब्लड बैंकहरुमा देखापरेको रगतको अभावलाई ध्यानमा राख्दै आज (सोमबार) का दिन पचरौता पालिकाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो।

नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा आयाेजित रक्तदान कार्यक्रममा पालिकाका शिक्षक,कर्मचारी,डॉक्टर लगायत विभिन्न संघसंस्था कर्मचारीहरुले रगत दान गरेका हुन् ।

पचरौताका नगर प्रमुख जलन्धर सिंहले बारा पर्साका ब्लड बैंकहरुमा देखिएको रगतको अभावलाई कम गर्न,मानिसहरूलाई रक्तदानको महत्त्व बुझाउन र दान गर्नुपर्छ भन्ने भावना जगाउने उदेश्यले उक्त रक्तदान कार्यक्रम गरेको बताए।

उनका अनुसार अहिलेको परिस्थितिमा यस्तो रक्तदान कार्यक्रमहरुले बिरामीहरुलाई सहयोग पुग्ने बताए।

नगर प्रमुख सिंहले पचरौताले आयोजना गरेको उक्त रक्तदान कार्यक्रमबाट संकलित रगत नेपाल रेडक्रस सोसाइटी पर्सालाई हस्तान्तरण गरेको जानकारी गराए।

रक्तदान कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बसन्त जोशी,वडा अध्यक्ष गगनदेव यादव,वडा सदस्यसहित विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको पनि सहभागिता रहेकाे थियाे।

Leave a review

This will close in 0 seconds