बिद्यालयहरुलाई बार्षिक आय र ब्यय पेश गर्न निर्देशन,शिक्षक तथा कर्मचारी नियुक्तिको बिवरण माग

रञ्जन यादव
359 पाठक संख्या

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले उपमहानगरपालिका भित्रका सबै सामुदायिक विद्यालयहरूलाई बार्षिक आय र ब्ययको बिवरण माग गरेको छ ।

शिक्षक तथा कर्मचारीहरूको नियुक्ति विवरण समेत पेश गर्न नगर प्रमुख राजन पौडेलले निर्देशन दिनुभएको छ । उपमहानगरले जारी गरेको पत्रमार्फत विद्यालयहरूले स्थायी,अस्थायी तथा करार सेवामा कार्यरत शिक्षक तथा कर्मचारीहरूको विवरण संकलन गरी नगर कार्यालयमा अनिवार्य रूपमा पेश गर्नु पर्ने उल्लेख गरिएको छ ।

अधिकृत दशौँ शिवजी प्रसादले जारी गर्नुभएको सुचनामा विद्यालयहरूलाई शिक्षक तथा कर्मचारीहरूको पद,तह,नियुक्तिको प्रकृति,मासिक पारिश्रमिक लगायतका विवरणहरू निश्चित ढाँचामा प्रस्तुत गर्न भनिएको छ।

साथै,नगर वा बडाबाट तलब भत्ता पाउने र विद्यालयको निजी स्रोतबाट तलब भत्ता पाउने शिक्षक तथा कर्मचारीहरूको विवरण पनि छुट्टाछुट्टै पेश गर्नु पर्ने व्यवस्था गरिएको छ ।

यस कार्यका लागि विद्यालय व्यवस्थापन समितिको निर्णय पनि संलग्न गर्नुपर्ने नगर कार्यपालिकाले जनाएको छ । सामुदायिक बिद्यालयहरुलाई यहि बैशाख २२ गते भित्र बिवरण पेश गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले निर्देशन दिएको जनाएको छ ।

Leave a review

This will close in 0 seconds