सरकार र शिक्षक महासङ्घबीच वार्ता जारी

रासस
489 पाठक संख्या

काठमाडौँ : सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीच वार्ता जारी छ ।

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्त र महासङ्घका पदाधिकारीबीच आज साँझ ८ बजेदेखि वार्ता जारी रहेको मन्त्रीका स्वकीय सचिव बाबुकृष्ण भेटवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार वार्तामा गृहमन्त्री रमेश लेखक पनि सहभागी हुनुहुन्छ भने अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि वार्तामा सहभागी भएर निस्कनुभएको छ ।

महासङ्घ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी छ ।

सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सोमबार भएको वार्ता सकारात्मक रहेको र त्यसै आधारमा आज पुनः वार्ता भइरहेको जनाइएको छ ।

शिक्षक सङ्गठनहरूले विभिन्न माग राखी चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् ।

Leave a review