अबैध लागु औषध गाँजा सहित तीन जना पक्राउ

साझेदारी दैनिक
416 पाठक संख्या

कलैया : प्रहरीले लागु औषध गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरबाट आइतबार दिउँसो अवैध लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ६० वर्षीय रामदेव यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनको साथबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी कपिलेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । बरामद भएको गाँजा सहित उनलाई नियन्त्रणमा लिई आवशयक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट आईतबार अवैध लागू औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कैलाश गाउँपालिका–२ बस्ने ४० वर्षीया फुलमाया स्याङ्बो र ३० वर्षीया निर्मला मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

उनीहरुको साथबाट अबैध लागु औषध गाँजा करिब १० किलो ३ सय ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा.३ ख ८३९४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार फुलमायालाई करिब ५ किलो २ सय ग्राम र निर्मलालाई करिब ५ किलो १ सय ग्राम गाँजा सहित फेला पारी पक्राउ गरेको हो।

बरामद भएको गाँजा सहित उनीहरुलाई नियन्त्रणमा लिई आवशयक कानुनी प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

Leave a review

This will close in 0 seconds