Sajhedari Daily
Latest News from Nepal

बारामा पनि मनाईयो ६५ औ प्रहरी दिवस,विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरु सम्मानित

६५ आँै प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय बाराले पनि विविध कार्यक्रमको आयोजना गरि मनाएको छ ।
प्रहरी कार्यालयले कलैयामा अमर प्रहरी स्मारकमा पुष्पाहार अर्पण गर्नुको साथै कर्तब्य पालनको शिलशिलामा विरगती प्राप्त गरेका अमर प्रहरीको परिवारहरुलाई सम्मानित गरि दोसल्ला ओढाई सम्मान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले शुक्रवार कार्यालय परिषरमा आयोजित विशेष समरोहमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारी, विभिन्न संचार माध्यमका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधीहरुलाई पनि प्रशंसा पत्र सहित सम्मानित गरेको छ ।

जिल्ला समन्वय समिति बाराका अध्यक्ष नवल किशोर सिंह प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेशराय यादव, बाराका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दास, नेपाल स्काउटका जिल्ला आयुक्त भरत साह, संचारकर्मीहरु सहितको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रवक्ता एवंम प्रहरी नायब उपरीक्षक गौतम मिश्रले प्रहरी महानिरीक्षकको ६५ औँ प्रहरी दिवसको शुभकामना सन्देश पढ्ेर सुनाएका थिए । प्रहरी नायब उपरीक्षक दिपक श्रेस्ठले स्वागत मन्तव्य राखेका थिए ।

Comments are closed.

error: Content is protected !!