जीतपर : भिमेश्वर मध्यवर्ति सामुदायिक बन उपभोक्ता समुहको पथलैयामा १७ औँ सधारण सभा सम्पन्न भई ६ औ अधिवेशन सुरु भएको छ ।
अधिवेशनको उद्घाटन पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख बरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले गमलामा पानी हालेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै अधिकृत खतिवडाले बन तथा बन्यजन्तु संरक्षणमा तदारुकता नदेखाउँने र उपभोक्ता समुहको साधारण सभा तथा अधिवेशनमा नआउँने उपभोक्तालाई समुहमा राख्नुपर्ने औचित्य नरहेको बताए ।
उनले सधारण सभा तथा अधिवेशनमा नआउँने,आफनो कुरा नराख्ने,चोक तथा गाउँघरमा कुरा काट्दै हिड्ने उपभोक्तालाई समुहमा नराख्न र समुहले दिने सेवा सुबिधाबाट बञ्चित गर्न अनुरोध गरे । उनले सधारण सभा तथा अधिवेशनमा नआएर गरेको निर्णय बिरुध म कहाँ डेलिगेसन आउँदा त्यस्तो निबेदनको कुनै सुनुवाई आफुले नगर्ने बताए ।
त्यस्तै जनहित उपभोक्ता समिती सिमराका अध्यक्ष अमृतलाल श्रेष्ठले नियम तथा ऐन कानुन अनुसार काम गर्न आफना मातहतका समुहलाई आग्रह गरे ।
भिमेश्वर मध्यवर्ति सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष पेशल मुल्मीले आफ्नो कार्यकालमा गरिएको कामहरुको बिषयमा जानकारी दिँदै समस्या र चुनौतीको बिषयमा जानकारी दिएका थिए ।
कार्यक्रममा जनजागरण मध्यवर्ति सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष ईश्वरी प्रताप लामा,राधाकृष्ण मध्यवर्ति सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष सत्य बहादुर श्रेष्ठ,भिमेश्वर मध्यवर्ति सामुदायिक बन उपभोक्ता समुहका संस्थापक अध्यक्ष रामप्रसाद धौजु लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत मनत्बय सदस्य अर्जुण लम्सालको रहेको थियो भने सञ्चालन सचिव सुमन थापा मगरको रहेको थियो ।

