प्रहरीद्वारा २० स्थानको १२ कठ्ठा गाँजा फडानी

साझेदारी दैनिक
976 पाठक संख्या

बारा प्रहरीले नेपाल सरकारद्वारा प्रतिबन्धित गरिएको अवैध लागु औषध गाँजा खेती मंगलबार फडानी गरी नष्ट गरेको छ ।

उसले बाराको सिम्रौनगढमा १२ कठ्ठामा लगाइएको गाँजा खेती नष्ट गरेको हो ।

बारा,सिम्रौनगढ न.पा.वडा नं.२ र ७ खजानीमा गाँजा खेती लगाएको विशेष सूचनाको आधारमा प्रहरी खटेको थियो ।

यसबारे जिल्ला प्रहरी कार्यालय बाराले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको हो ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोली द्वारा २० स्थान गरी १२ कठ्ठामा लगाइएको प्रतिबन्धित गाँजा खेती फडानी (नष्ट) गरिएको हो ।

Leave a review