कलैया : डि.ए.भी.आर.बी.केडिया स्कुलले परवानीपुर गाउँपालिकाको निर्देशनलाई अवहेलना गरेको छ।
बाराको परवानीपुर गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाले वडा नम्बर ४ स्थित सो विद्यालयको आवश्यक कागजपत्र तथा प्रस्तावित शुल्क संरचना पेश गर्न निर्देशन दिएको थियो।
गाउँपालिकाको शिक्षा शाखाले गत बैशाख १६ गते यस्तो निर्देशन दिएको हो। विद्यालयको प्रस्तावित शुल्क संरचना र बिधालय स्थानान्तरणको सम्पूर्ण कार्य सम्पन्न गरी आवशयक कागजपत्र सहितको विवरण पेश गर्न निर्देशन दिएको थियो।
स्कुलले अहिले सम्म शुल्क संरचना तथा आवशयक कागज पत्र पेश नगरेको शिक्षा शाखाका रबिन्द्रकुमार मिश्राले जानकारी दिए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिहंदरबार काठमाण्डौबाट निजी लगानीका संस्थागत बिधालयमा शुल्क निर्धारण एव छात्रबृति ब्यवस्थापनका लागि परिपत्र भई आएको जनाए।
उनले चालु शैक्षिक सत्र २०८१ मा विद्यालयले लिने कक्षागत शुल्कको प्रस्तावित संरचना शिक्षा नियामावली २०५९ (संशोधन सहित ) संस्थागत बिधालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ (संशोधन सहित) र संस्थागत बिधालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ बमोजिम निर्धारण गरी शुल्क प्रस्ताव तिन दिन भित्र खेलकुद शाखामा पेश गर्न निर्देशन दिएको थियो।
विद्यालयको आवश्यक कागजपत्र बैशाख मसान्त भित्र खेलकुद शाखामा पेश गर्न समेत निर्देशन दिएको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ ।



