बाँसले बनेको सामाग्रीको लागत बढी नाफा कम

राम मण्डल
470 पाठक संख्या

बाँसले बनेको सामाग्रीको लागत बढदै गएको छ । नाफा कम हुदै गएको छ ।

चाडपर्वको समयमा बाँसको सामानको विक्री अत्याधिक हुन्छ । विशेष गरी अहिलेको चाडपर्बको बेलामा बाँसको सामानहरुको माँग बढने गर्छ ।

नजिकिदै गरेको तिहार र छठपर्बको बेलामा पनि खासै ब्यापार हुन नसकेको बाँसको सामाग्री बनाउनेहरुको भनाई छ ।तिहार र छठपर्बमा बाँसले बनेको नाङलो,सुपली,छैटा लगायतकका सामानहरु पूजामा प्रयोग हुने गरेको छ ।

चाडपर्व मुखमै आईसक्दा समेत बाँसको सामान बनाउनेहरु खुशी छैनन् । पछिल्लो समय बाँसले बनेको सामानको बिक्री घटेको छ ।

पहिले पहिले ब्यापारीहरु पनि घरमै आएर बाँसले बनाएको सामानहरु लग्ने गरेको भएपनि अहिले गाउँगाउँमा डुलेर बेच्दा पनि राम्रो ब्यापार नभएको बाराको फेटा गाउँपालिका १ भलुहीका मोतिलाल दास तत्वाले गुनासो गरे ।उनले जसो तसो दिनमा पाँच सयदेखि एक हजार सम्मको मात्रै ब्यापार हुने गरेको उनले बताए ।

बाँसको सामानहरु बिशेष गरी दलित समुदायका मानिसहरुले बढी बनाउने गर्दैछन ।तत्वा जाति,डोम जातिले बाँसको सामान पुर्खौदेखि बनाउदै आएका छन् ।

बाँसको सामान बनाएर तिहार र छठपर्वमा राम्रो आम्दानी गर्दै आएको भएपनि अहिले भने बाँसको सामान बिक्री हुन छाडेको वीरगञ्ज महानगरपालिकाकी रनिया मलिले बताईन् ।उनले पहिले तिहार र छठपर्बको बेलामा बाँसको सामान बेचेर नाफा गर्दै आएपनि अहिले भने नाफा कमाउन मुश्किल परेको जानकारी दिईन।

दलित डोम समुदायकै माया देबी मलि बच्चैदेखि बाँसको सामान बनाएर बेच्दै आएकी छिन् ।तिहार र छठपर्ब नजिकिदा त बाँसको सामान बनाउन भ्याई नभ्याई हुने गरेको भएपनि अहिले बाँस नै महँगो भएपछि सामान पनि कम नै बनाउने गरेको उनले बताइन्। लागत बढन् गएको उनले गुनासो पोखिन् ।

पछिल्लो समय बढदो आधुनिकता र बाँसको सामानको तुलनामा प्लास्टिकका सामानहरुको प्रयोग बढदै जानुले पनि बाँसको सामानको माँग घटदै गएको छ ।

त्यसैगरी पहिले एक सयमै पाईने बाँस अहिले तीन चार सय तिर्दा पनि नपाईने गरेकोले लागत बढेको हो । यसले गर्दा बाँसको सामान बनाएर बेच्नेहरुको पेशा भने घाटातर्फ गईरहेको छ।

Leave a review

This will close in 0 seconds