उच्च अदालका न्यायाधीश डा.थारुमाथि मोसो प्रहार गर्ने नेकपा बहुमतका तीन जना पक्राउ

साझेदारी दैनिक
504 पाठक संख्या

वीरगञ्ज : पर्साको वीरगञ्जस्थित रहेको उच्च अदालत जनकपुरको अस्थायी इजलासमा कार्यरत न्यायाधीश उपर कालो मसी प्रहार भएको छ ।

नेकपा बहुमत पार्टीका कार्यकर्ता बताउनेहरुले उच्चका खुसीप्रसाद थारुमाथि कालो मसी छ्याप्ने काम भएको हो । प्रहरीलेघटनामा संलग्न रहेको आरोपमा नेकपा (बहुमत) का तीन जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बिहीबार बिहान, न्यायाधीश थारु आफ्नो चेम्बरमा कार्यरत रहँदा उनीहरुले आक्रमणकारीहरूले कालो मसी छ्यापेका थिए। घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको पुष्टि गरेका हुन्। घटनास्थलमै मसी प्रहरार गर्ने तीन जनालाई दिनछ ।

थारु र अर्का न्यायाधीश अर्जुन महर्जनको संयुक्त इजलासले जेठ १४ गते नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताव आलमलाई ज्यान मुद्दामा सफाइ दिने फैसला सुनाएको थियो।

जिल्ला अदालतले रौतहटका आलमलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको भए पनि उच्च अदालतले फैसला उल्ट्याउँदै आलमसहित अन्य तीन जनालाई सफाइ दिएको थियो। सो फैसलापछि सर्वसाधारण र राजनीतिक दलहरूबाट विरोध र आलोचना सुरु भएको थियो। यसैविच सोही घटनालाई लिएर नेकपा बमुमतले न्यायधीस उपर कालो मसी छ्यापेको हो ।

घटनापछि उच्च अदालत परिसरमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ भने प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

यसैवीच घटना लगत्तै प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा नेकपा बहुमतका केन्द्रीय सदस्य प्युठानको गौमुखी गाउँपालिका–६ घर भई हाल ललितपुरको कुपन्डोल बस्ने ३८ वर्षीय किशोर कुँवर (अविनाश),बहुमत पार्टीका सर्लाही इन्चार्ज सर्लाही हरहथवा नरपालिका– २ घर भएका ४३ वर्षीय पदमबहादुर मगर तथा सिराहा जिल्ला कमिटी सदस्य सिराहाको गोलबजार घर भएका ४८ वर्षीय गर्भु महतो रहेका छन । घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a review