वीरगञ्ज :राहुल गुप्ता पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्तप्रसाद यादवले विकासको योजना जनताको सुझावबाट आउने बताएका छन्।
जगरनाथपुर गाउँपालिका वडा नं. २ मा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्।
अध्यक्ष यादवले स्वच्छ खानेपानी,बाटोघाटो,शिक्षा,स्वास्थ्य लगायतका विषयहरूमा समुदायको चासोलाई सम्बोधन गर्ने उनले प्रतिबद्धता व्यक्त गरे। “असली योजना जनता माझबाट आउँछ।“ उनले भने। अगामी आर्थिक वर्षको बजेटमा व्यवहारिक र जनमुखी योजना समावेश गरिने उनले स्पष्ट पारे।
कार्यक्रममा युवाहरू,महिलाहरू तथा जेष्ठ नागरिकहरूको आवाज सुन्ने विशेष प्रयास गरिएको थियो। सहभागीहरूले आफ्ना स्थानीय अनुभव र आवश्यकता खुलस्त रूपमा प्रस्तुत गरेका हुन्। जसलाई योजनामा प्राथमिकता दिइने जानकारी अध्यक्ष यादवले दिए।
कार्यक्रमको अन्त्यमा अध्यक्ष यादवले कार्यक्रममा सहभागी सबै वडा अध्यक्ष,प्रशासनिक टिम,स्थानीय प्रतिनिधि तथा जनसमुदायलाई धन्यवाद ज्ञापन गरे। सो कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू र बासिन्दाहरूको सक्रिय सहभागिता थियो।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष यादव सहित विभिन्न वडाका अध्यक्षहरू,प्रमुख प्रशासनिक अधिकृत तथा स्थानीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो। उक्त अन्तरक्रिया कार्यक्रम वडा नं. २ का वर्तमान समस्या,नागरिकका प्राथमिक आवश्यकता र आगामी आर्थिक वर्षको योजना निर्माण सम्बन्धमा केन्द्रित रहेको थियो।
उक्त कार्यक्रममा वडा नं. २ का अध्यक्ष नेपाली कुशवाहा,वडा नं. ३ का अध्यक्ष सुभाष यादव,वडा नं. ५ का अध्यक्ष बिहारी महतो नुनिया र प्रमुख प्रशासनिक अधिकृत सन्देश यादवले जनतासँग प्रत्यक्ष संवाद गरे। उनीहरुले विविध विषयमा महत्वपूर्ण सुझावहरू संकलन गरे।

