कोल्हवी नगरपालिकाका नगर प्रमुख चौधरीद्वारा जुअवामा दलित आवास भवनको शिलान्यास

साझेदारी दैनिक
293 पाठक संख्या

कोल्हवी ०७ असोज ,धिरेन्द्र पनुहर/ कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीद्वारा कोल्हबी नगरपालिका वार्ड नम्बर ३ मा दलित आवास भवनको शिलान्यास गरेका छन्।

एक कार्यक्रमको बिच वैदिक मन्त्र विच नगर प्रमुख चौधरीले सो भवनको शिलान्यास गरेका हुन्। कोल्हवी नगरपालिकामा यो बर्ष ३३ वटा दलित आवास भवन निर्माण हुने भएको छ।

कोल्हवीको प्रत्येक वडामा ३/३ वटा दलित आवास भवन निर्माण गरिने कोल्हबी नगरपालिकाका इन्जिनियर गणेश चौधरीले जानकारी दिएका छन् ।

एउटा भवन निर्माणका लागी कुल बजेट छ लाख छ हजार रहेको छ।

उक्त शिलान्यास कार्यक्रममा कोल्हवी नगरपालिकाकी उपमेयर लक्ष्मीकुमारी चौधरी,प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइटेल,वार्ड नम्बर ३ का वडा अध्यक्ष किशुनदयाल चौधरी,वडा सदस्य रामदयाल चौधरी,महिला सदस्य सुर्यज्योति चौधरी,दलित महिला सदस्य मन्जु राम,समाजसेवीहरु ज्यमंगल चौधरी,मुनिकान्त चौधरी,सिहंतर चौधरी,शान्ति वृद्धा फाउन्डेसन कोल्हबीका अध्यक्ष प्रेमनारायण चौधरी लगायतको उपस्थिति रहेको थियो ।

दलित आवास भवन निर्माण हुने भएपछि कोल्हवीका दलित समुदायका व्यक्ति खुशी भएका छन्।

Leave a review