कलैया : पर्सा प्रहरीले लागु औषध अफिम जस्तो पदार्थ सहित चार जनालाई मंगलबार पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले एक प्रेस विज्ञप्ति मार्फत यसबारे जानकारी दिएका हुन्।
पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१० रजतजयन्ती चोक स्थित सडकखण्डमा यस कार्यालय मातहत वडा प्रहरी कार्यालय विर्ता र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्साबाट खटिएको नियमित चेकिङ टोलीले जाँच गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। ना.४६ प २५४० रना.४० प ६४६९ नम्बरको मोटरसाईकलमा सवार जिल्ला पर्सा पटेर्वा सुगौली गाउँपालिका वडा नं.५ बस्ने वर्ष ३५ को रामेश्वर राउत र पछाडि सवार वडा नं. १ बस्ने वर्ष ४० को बिनोद गिरी पक्राउ परेका हुन्।
मोटरसाइकलको बीच भागमा गिरीले हातले समाइ राखेको बोरा शंकास्पदरूपमा रहेको हुँदा निजहरूलाई कानूनी रित पुर्याइ प्रहरीले खानतलासी गरेको हो।
प्लाष्टिकको झोलाभित्र खरानी रंगको टेपले बेरि लुकाइ छिपाइ राखिएको लागु औषध अफिम जस्तो देखिने पदार्थ प्लाष्टिक वाहेक १ के.जी. फेला परेको हो। बरामद लागु औषध र उल्लेखित नम्बरको मो.सा.हरू सहित नियन्त्रणमा लिइएको विज्ञप्तिमा लेखिएको छ।
लागु औषध सम्बन्धी कसूरमापर्सा जिल्ला अदालतबाट अनुसन्धानको लागि पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जिल्ला पर्सा पटेर्र्वा सुगौली गाउँपालिका वडा नं.१ बस्ने वर्ष ४० को बिनोद गिरी, वडा नं..५ बस्ने वर्ष ३३ को प्रदिप चौधरी,सोही ठाउँका २८ वर्षीय सुनिलकुमार श्रीवास्तव,सोही ठाउँका ३४ वर्षीय रामेश्वर राउतलाई प्रहरीले पक्राउ गरेको हो।


