शिवालयहरुमा दर्शन गर्दै हिन्दुधर्मावलम्बीले मनाए महाशिवरात्री

साझेदारी दैनिक
384 पाठक संख्या

कलैया :राजेश कुशवाहा/ बाराका हिन्दु धर्मावलम्बीहरुले बुधबार आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी महाशिवरात्री पर्व हर्सोल्लाहका साथ मनाएका छन् ।

महाशिवरात्री पर्वमा शुद्ध भई विहानै शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने अनि रातभर जाग्राम बसे सर्वसिद्धि प्राप्त भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।

शिवभक्तहरुले शिवरात्रीका दिन ब्रत बस्ने रभगवान शिवको प्रिय वस्तु दुध,धतुरो र बेलपत्र आदि पूजा सामग्री चढाएरपूजा गर्ने गर्दछन् ।शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्वकालरात्री,मोहरात्री,सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणल गायतका ग्रन्थमा उल्लेखित छ ।

फाल्गुण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदयगराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रीको विशेष महत्व रहेको छ ।

पर्वको अवसरमा बुधबार बाराको शिवालयहरुमा बिहानैदेखी दर्शनार्थीहरुको घुईचो लागेको थियो ।

बाराको कलैया स्थित सिद्धेशवर महादेव मन्दिरमा दर्शनार्थीको घुईचोले मेला नै लागेको छ ।भने बाराको कोल्हवी ८ र जीतपुरसिमरा १७ रामनगरमा पर्ने जंगलमा रहेको सहजनाथ महादेव मन्दिरमा पनि ठुलो मेला लाग्नुका साथै लाखौ दर्शनार्थीहरुले दर्शन गरेको बताईएको छ ।

जिल्लाको कलैया उपमहानगरपालिका,जितपुर सिमरा उपमहानगरपालिका,निजगढ नगरपालिका,कोल्हवी नगरपालिका,सिम्रौनगढ नगरपालिका,पचरौता नगरपालिका,महागढीमाई नगरपालिकामा,परवानीपुर गाउँपालिका,प्रसौनी गाउँपालिका,फेटा गाउँपालिका,बिश्रामपुर गाउँपालिका,आर्दशकोतवाल गाउँपालिका,देवताल गाउँपालिका,सुवर्ण गाउँपालिका,बारागढी गाउँपािलका,करैयामाई गाउँपालिकाकाहरुमा रहेका साना थता ठुला शिवालयहरुमा हिन्दुधर्मावलम्बीहरुले दर्शन र पुजाआजा गरि महाशिवरात्री पर्व मनाएका हुन ।

Leave a review