बारा : सामूहिक जबर्जस्ती करणी घटनाका एक आरोपी पुर्पक्षको लागि जेल चलान

साझेदारी दैनिक
543 पाठक संख्या

कलैया : आठ वर्षीय बालिकालाई जर्बजस्तिकरणी गरेको अभियोगमा बारा जिल्ला अदालतले पुर्पक्षको लागि एक जनालाई जेल चलान गर्ने आदेश दिएको छ।

बारा जिल्ला अदालतको आदेशले सात जना मध्ये तीन जनालाई बाल सुधार गृहमा पठाइएको र तीन जनालाई अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवंम् प्रहरी उपरीक्षक सन्तोष तामाङ्गले शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएका हुन् ।

जेल चलान हुनेमा बाराको प्रसौनी गाउँपालीका वडा नं.६ बस्ने बर्ष १९ को संदिप कुमार यादव रहेका छन्। करणी घटनामा संलग्न छ जना नाबालिक रहेका छन्। जेठ १३ गते राती बाराको प्रसौनी गाउँपालिका वडा नं.६ स्थित रामआशिष साहको मकै बारीमा आठ वर्षीया बालिकालाई सामुहिक जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा प्रहरीले सात जनालाई पक्राउ गरेको थियो।

उनीहरुलाई अनुसन्धानको क्रममा वारदातमा संलग्न रहेको पाइएको थियो। कानूनको विबादमा परेका बालकहरुलाई पक्राउ गरी अनुसन्धान कार्य पुरा गरि प्रहरीले बारा जिल्ला अदालतमा मिसिल पेश गरेको थियो। सोही मिसिलको आधारमा अदालतले आदेश दिएको हो।

Leave a review

This will close in 0 seconds