निजगढमा लम्फी स्कीन रोग नियन्त्रणको लागि खोप अनिवार्य

साझेदारी दैनिक
331 पाठक संख्या

निजगढ : बाराको निजगढ नगरपालिकाले गाईमा फैलिरहेको लम्फी स्कीन रोग नियन्त्रणका लागि कडाइ सुरु गरेको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै अब निजगढ क्षेत्रमा गाई भित्र्याउँदा खोप लगाएको प्रमाण अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था गरेको हो । संक्रामक र जटिल प्रकृतिको लम्फी स्कीन रोगले पशु स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले सावधानी जरुरी रहेको सूचनामा उल्लेख छ ।

खोप लगाउने कामलाई प्राथमिकतामा राख्दै नगरपालिकाले सबै पशुपालक कृषकलाई समयमै खोप लगाउन र आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर अर्यालले हस्ताक्षर गरेको सूचनामा रोगको संक्रमण फैलिन नदिन सबै सरोकारवाला निकाय, कृषक र व्यवसायीलाई सजग र जिम्मेवार बन्न पनि अपिल गरिएको छ ।

नगरपालिकाले यो कदम पशु स्वास्थ्य र स्थानीय पशुपालन व्यवसायको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्न उठाएको बताएको छ ।

Leave a review