एक सय चार सवारी साधन प्रहरी कारवाहीमा

साझेदारी दैनिक
346 पाठक संख्या

जिल्ला प्रहरी कार्यालय बाराद्वारा ट्राफिक व्यवस्थापनका लागि संचालित विशेष अभियान अन्तर्गत ट्राफिक नियम विपरित चलाईएका १ सय ४ सवारी साधनहरूलाई कारवाही गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले बिहीवार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको हो ।

सवारी साधनलाई गरिएको कारवाहीबाट जरिवाना वापत एक लाख पाँच हजार राजस्व संकलन गरेको छ ।

प्रहरीले सात वटा भारतीय नम्बर प्लेटको सवारीलाई भन्सार कार्यालय बिरगंज पठाइएको छ ।

Leave a review

This will close in 0 seconds