लाखौंको सामानसहित कन्टेनर ट्रक प्रहरीले अनुसन्धान कार्यालय पथलैया बारामा बुझायो

साझेदारी दैनिक
326 पाठक संख्या

कलैया : बारा प्रहरीले लाखौंको सामान सहित मालबाहक कन्टेनर ट्रकलाई राजश्व अनुसन्धान कार्यालय पथलैयामा बिहीबार बुझाएको छ।

ईलाका प्रहरी कार्यालय जीतपुर बाराबाट प्रहरी बरिष्ट नायब निरीक्षक जङ कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलिले जाँचको क्रममा सो सामान सहित कन्टेनर ट्रकलाई नियन्त्रणमा लिएको हो। बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.७ जीतपुर स्थित कार्यालय अगाडी चेक प्वाईन्टमा प्रहरीले जाँच गरेको हो।

बीरगंजबाट सिमरा तर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख १४४० नम्बरको माल बाहक कन्टेनर ट्रकलाई रोकी जाँच गर्दा बिल बिजक भन्दा बढि सामान रहेको र राजश्व छलीको आशंकामा रू. ४३ लाख ३४ हजार ८ सय १० रूपैया बराबरको सामान सहित ट्रकलाई नियन्त्रणमा लिएको हो।

फाईल,साबेल,पितलको भाडा,बदाम दाना लगायत अन्य खुद्रा सामानहरू सहित ट्रक नियन्त्रणमा लिईएको हो। सो ट्रकलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रहरीले जनाएको छ।

Leave a review