बाराका पालिकाहरुले स्वास्थ्य मापदण्ड अनुरुप आइसोलेसन वेड निर्माण नगर्दा जोखिम बढदैँ

साझेदारी दैनिक
साझेदारी दैनिक 514 पाठक संख्या
6 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान/
बिपत व्यवथापन समितिले निर्णय गरेको ८ दिन बिति सक्दा पनि बाराका स्थानिय निकायहरुले आ–आफनो पालिकामा आइसोलेसन निर्माण नगरेपछि कोरोना पोजेटिभहरुलाई राख्न दिनप्रति दिन समस्या श्रृजना हुदै आएको छ ।

बिपद ब्यवस्थापन समितिको जेष्ठ १५ गते जिल्ला प्रशासन कार्यालयमा बारामा बसेको बैठकमा बाराका स्थानिय निकायका प्रमुखहरु, प्रदेश साँसद, जिल्ला समन्वय समिति,सुरक्षा निकाय सहितका पदाअधिकारीहरुको पुर्ण बैठकले उपमहानगरपालिकामा २५ नगरपालिकाहरुमा १५ र गाउँपालिकाहरुमा १० वटा आईसोलेसन वेड अनिवार्य रुपमा बनाउनुपर्ने निर्णय सबैको सहमति भएको थियो ।

बाराका १६ वटा स्थानिय निकायका प्रमुखहरुले आइसोलेसन बनाउन लिखित सहमति जनाएपनि अहिले सम्म कलैया उपमहानगरपालिका वाहेक अरु कुनैपनि पालिकाहरुले तोकेको मापदण्ड अनुसारको आईसोलेसन वार्ड निर्माण नगरेको हुदा जोखिम अझै बढेको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितले साझेदारीलाई बताए ।

आफै सहमति गर्ने अनि आफै सहमतिको पलना नगर्ने बिडम्ना पुर्ण भएको बताउदै प्रमुख जिल्ला अधिकारी पंडितले एक्लै प्रमुख जिल्ला अधिकारी अथवा सुरक्षा निकायले सबैतिर काम गर्ने अप्ठयारो श्रृजना मात्र हुदैन जटिलता पनि थपन उतिकै सम्भवना रहेको हुदा स्थानिय सरकारहरु गम्भिर हुनुपर्ने धारणा ब्यतm गरे ।

कलैया उपमहानगरपालिका वडा नम्बर ३ स्थित गंगापुरको शैक्षिक तालिम केन्द्रमा निर्माण गरिएको ५० बेडको आइसोलेसन वार्ड निर्माण गरेको भएपनि कोरोना सक्रमितहरुको संख्या दिनानुदिन बढीरहेको हुदा वीरगंजमा हारगुहार गरि जसोतसो संक्रमितहरुलाई पठाउने गरेको बाध्यतालाई सबैले मनन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारीको भनाई रहेको छ ।

नागरिकको जीव, धन, स्वास्थ्य समेतको रक्षा गर्ने सरकारको जिल्ला प्रतिनिधीको रुपमा रहेको जिल्ला प्रशासनको जिम्मेवारी भएपनि स्थानिय तहका जननिर्वाचित प्रतिनिधीहरुको उदासिनताका कारण आफुले चाहेरपनि प्रभावकारी व्यवस्था मिलाउन नसकेको उनको भनाइ रहेको छ ।

त्यति मात्र होईन सरकारले महानगरपालिकामा २ हजार, उपमहानगरपालिकामा १५ सय , नगरपालिकामा १ हजार र गाँउपालिकामा ५ सय वेडको कोरेन्टीन निर्माण गर्ने मापदण्ड तोकेपनि बारा जिल्लाको एउटा पालिकाहरुमा पनि सो मापदण्ड पुरा नभएको अर्थात कोरेन्टीन निर्माण नभएको हुदा अझै नागरिकले समस्या भोग्नु परेको छ ।

भारत लगायत नेपाल कै बिभिन्न ठाँउमा रोजगारीको सिलसिलामा गएका नागरिकहरु जो बाहिरवाट घर आइरहेको छ त्यस्ता ब्यतिmहरुलाई सम्बन्धित पालिकाहरुले आफनो कोरेन्टीनमा अवेवस्थित रुपमा राखी रहेको हुदा स्वास्थ्यमा जटिलता थपी रहेका छन् । पौष्टिक खाना पाएको अवस्था छैन, सुलभ शौचालय, खानेपानी, नस्ता, सुत्न समस्या श्रृजना भएको, समयमा कोरोना परिक्षणको दायरा बढाउन नसक्नु पनि बाहिरबाट आएका ब्यतिmमा जटिलता थप्नु अस्वाभवाबिक होईन ।

न्यून्तम मापदण्ड बिना सामुदायिक बिधालयहरुमा कोरेन्टीनहरुको व्यवस्थापन पालिकाहरुले झारा टार्ने काम मात्र गरेकामा सर्वत्र निन्दै हुदै आएका छन् । आइसोलेसन वार्ड नभएको आर्दश कोतवाल, देवताल, सुवर्ण, बिश्रामपुर, बारागढी, करैयामाई, महागढीमाई लगायतका १४ वटा पालिकाहरुमा आइसोलेसन बेड नभएको अवस्थामा कोरोना पुष्टि भएको संक्रमितहरुलाई जुन ठाँउमा पोजेटिभ भेटिएको छ त्यही ठाँउमा संक्रमित राख्दा समाजमा पनि सोको संक्रमण बढने सम्भवना निकै बढेको हुदा जोखिमलाई निराकरण गर्नेतिर सबैको ध्यान जान बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले बताए ।

जिल्ला भरीमा ६९ जनामा कोरोना पुष्टि भएको छ भने आइसोलेसनमा २ जना महिला सहित ५१ जना रहेका प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिए । कोरेन्टीनमा ६३ महिला, ९ सय ७३ पुरुष गरि १ हजार ३६ जना रहेका छ भने एक जनाको मृत्यु भईसकेको उने भने ।

के गर्दै छ प्रमुख जिल्ला अधिकारी
जिल्ला प्रशासन कार्यालयले कलैया उपमहानगरपालिका वडा नम्बर ३ शैक्षिक तालिम केन्द्रमा रहेको महिला छात्रबास जिर्ण भएको भएपनि बिपद व्यवस्थापन कोषमा प्रदेश २ सरकारले दिएको सहयोग रकम अपुग भएपनि मर्मत संम्भार गरि ५० बेडको आइसोलन वेडको निर्माण थालिने काम शुरु गरिरहेको हुदा पालिकाहरु मध्ये उपमहानगरपालिकाले २ लाख, नगरपालिकाहरुले १ लाख ५० हजार र गाउँपालिकाहरुले १ लाख रुपैया जिल्ला बिपद व्यवस्थापन कोषमा प्रदान गरेको खण्डमा १५ दिन भित्रमा नै आइसोलेसन वार्ड तयार गरी सेवा सुचारु गर्ने प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितले बताए ।

महिला तथा वालवालिका एवम वृद्ध, वृद्धाहरुमा बढी जोखिम हुन सक्ने भएको हुदा ती जोखिमलाई मध्य नजर गर्दै कलैया, वीरगंज लगायतका ठाँउमा राख्ने काम भईरहेको प्रजिअ पण्डितले बताए ।

जिल्ला समन्वय समितिको पहल कमदी के छ त ?
जिल्लामा रहेको १६ वटा पालिकाहरुको प्रमुखहरुलाई पटक पटक गरि कोरोना भाईरसको जोखिमलाई दृष्टिगत गरी पुर्वाधारहरु बनाई आ–आफनो पालिकाहरुमा आइसोलेसन वार्ड निर्माण गरि सुरक्षित साथ राख्न आग्रह गरेपनि कति ठाँउमा निर्माण गर्ने कामको शुरुवात भएको छ भने धेरै पालिकाहरुमा काम शुन्य रहेको छ । समन्वय,सहकार्यमा जिल्ला समन्वय समितिले आफनो काममा सक्रिय रहेका छन् ।

नागरिकले के भन्छ ?
पालिकाहरुले न्यूतम मापदण्ड नतोकी सामुदायिक बिधालयहरुमा बनाएको कोरेन्टीनहरुमा सयौको संख्यामा नेपाल र भारतवाट आएका शंकास्पद ब्यतिmहरुलाई भद्रगोल रुपमा राखी अझै कोरोना बढाउने काम मात्र भईरहेको हुदा सो संक्रमण समाजमा हुदै सर्वसधारण नागरिकमा पस्न सक्दैन भने भन्न सकिदैन ।

देखिएन प्रभावकारी भुमिका साँसद, प्रदेश साँसदको
कोरोनाबाट बारा जिल्ला अक्रान्त बन्दै गर्दा जिल्लाका संघिय साँसदहरुको भुमिका एकदमै शुन्य देखिएको छ भने प्रदेश साँसद पारस साह बाहेक अन्य साँसदहरुको भुमिकापनि प्रभावकारी नदेखिएको हुदा नागरिकहरुको भरोसा पनि उनीहरु माथि हटदै गएका छन् । संकटको बेलामा नै जननिर्वाचित प्रतिनिधीहरुको भुमिका महत्वपुर्ण हुन्छ तर आफनो दायित्वबाट पंछिनु नागरिक माथि खेलवाड बाहेक अरु केहिपनि हुन नसक्ने आरोप पनि उतिकै खेप्नु परेको छ ।

सहकार्य र समन्यवको कमी
स्थानिय सरकार, प्रदेश सरकार, संघिय सरकार र सुरक्षा निकायहरु बिचको सहकार्य र समन्वय नहुदा पनि नागरिकले सास्ती भोग्नु परेका छ । सबैले आ–आफनै तालमा अगाडी बढीरहेको हुदा समस्या बढेको छ । सबै आ–आफनो ठाँउमा बलियो भएपनि नियति भने सफा नरहेको कारणले कोभिड १९ का जोखिम बढेको हो ।

त्यसैले सहमति, सहकार्य र एकतावद्ध भई जिल्लालाई कोरानाबाट बचाउनका लागि अग्रसर हुन अहिलेको नितान्त आवश्यकता रहेको छ । काँधमा जिम्मेवारी, मस्तिकमा सम्झदारी र हृदयमा ईमान्दारी भए समस्या कहिले श्रृजना नहुने हुदा सोहि मन्त्रलाई सबैले आत्मसाथ गरौ ।

समाचार शेयर गर्नुहोस
Leave a review