फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
862 पाठक संख्या

बारा प्रहरीले एक जना फरार रहेका प्रतिवादीलाई आईतवार नियन्त्रणमा लिएको छ।

ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २० बस्ने अन्दाजी २५ वर्षीय जितेन्द्र थारूलाई प्रहरीले पक्राउ गरेको छ ।

कुटपिट अंगभंग मुद्दामा अदालतबाट २ महिना ८ दिन कैद र १० हजार रुपैयाँ जरिवाना ठहर भएका थारूलाई पक्राउ गरी प्रहरीले अदालतमा दाखेल गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a review

This will close in 0 seconds