बिभिन्न मुद्दाका चार फरार प्रतिवादी पक्राउ

साझेदारी दैनिक
373 पाठक संख्या

कलैया : प्रहरीले बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुशहर्वा बाट लागु औषध मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय ५५ बर्षिय मोहान पासवान रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी मुसहर्वा बाट खटिृएको प्रहरी टोलीले उनलाई आफनै गाउँ घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

यसैगरी प्रहरीले बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ११ बाट लागु औषध मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ६५ बर्षिय जगरनाथ गिरी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

अस्थाई प्रहरी पोष्ट बस पार्क बाट खटिृएको प्रहरी टोलीले उनलाई आफनै गाउँ घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । त्यसैगरी प्रहरीले बाराको देवताल गाउँपालिका वडा नम्बर ४ पिप्राढीबाट अभद्र ब्यवहार मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ५० बर्षिय ईनरदेव सहनी गोढ रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिृएको प्रहरी टोलीले उनलाई आफनै गाउँ घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

यस्तै प्रहरीले बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ भवानीपुरबाट सवारी अंगभंग मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २२ बर्षिय काले भन्ने कमरान मंसुर रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बारा र अस्थाई प्रहरी पोष्ट गंगापुरबाट खटिृएको प्रहरी टोलीले उनलाई आफनै गाउँ घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । उनीहरु माथि आवशयक प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

Leave a review