भैरहवालाई पराजित गर्दै मकवानपुर फाइनलमा

साझेदारी दैनिक
276 पाठक संख्या

प्रथम जितपुर सिमरा टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा मकवानपुर क्रिकेट संघ पुगेको छ ।

सिमरास्थित सेज मैदानमा शुक्रबार उसले खुकुरी क्रिकेट क्लवलाई १५ रनले पराजित गर्दै बी समूहको विजेता बनेको हो ।

टस हारेर व्याटिङ गर्दै मकवानपुरले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४८ रनको योगफल तयार गर्‍यो ।

मकवानपुरका लागि तक्षक सिम्ख्डाले २४ बलमा छ छक्का र एक चौकाको मद्दतले ५४ रन बनाए । गौरव खड्काले २७, युविन बुढाथोकीले २१, बिशाल फुयालले १९ र सक्षम वस्ताकोटीले ११ रनको योगदान मकवानपुरको लागि दिए ।

भैरहवाका रोशनलाल गुप्ताले चार ओभर बलिङ गर्दै ३१ रन खर्चिएर तीन खेलाडीलाई मैदानबाट बाहिर पठाएका थिए । अजयकुमार चौहानले दुई र सन्तोष यादवले एक विकेट हात पारे ।

रनरेटका आधारमा फाइनलमा पुग्न मकवानपुरले दिएको १४९ रनको लक्ष्य १४.५ ओभरमै भैरहवाले भेट्टाउनुपर्ने थियो । भैरहवा १९ ओभर तीन बलमा १० विकेट गुमाउँदै १३३ मात्र रन जबनायो । भैरहवाका रोशनलाल गुप्ताले २८, प्रज्वल थापाले २१, प्रकाश गिरी र अजय चौहानले समान १९ रन बनाए ।

मकवानपुरका सुवर्ण भट्टले तीन विकेट लिए । पियुश शर्मा र बिशाल फुयालले समान २–२ विकेट लिए । समिर चौलागाई र अशिम श्रेष्ठले १–१ विकेट हात पारे ।

भैरहवाले १४.५ ओरभमा लक्ष्य प्राप्त गरेको भए रनरेटका आधारमा समूह विजेता बन्दै फाइनलमा प्रवेश गर्ने थियो । १६ ओभरमा मकवानपुरलाई पराजित गरेको जनकपुर पेस फाउण्डेशन अन्तिम दुईमा प्रवेश गर्ने थियो ।

समूह ‘बी’ को यसअघिका खेलमा मकवानपुरले जनकपुरलाई ३१ रन र जनकपुरले भैरहवालाई ४८ रनले पराजित गरेका थिए । समूह ‘बी’ को अन्तिम खेलबाट फाइनल पुग्ने टोलीको टुंगो लागेको हो ।

खेलको प्लेयर अफ दि म्याच मकवानपुरका तक्षक सिम्ख्डा घोषित भए । उनलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले पुरस्कृत गरेका थिए ।

जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिताको उपाधिका लागि मकवानपुर क्रिकेट संघ र पर्सा क्रिकेट संघ शनिबार भिडनेछन् ।

पर्सा समूह ‘ए’ को विजेता हो । उसले आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लब ७७ रन र कलैया क्रिकेट क्लबलाई पाँच विकेटले पराजित गरेको थियो ।

यता समूह चरणको पहिलो खेलमा जनकपुरमाथि ३१ रनले मकवानपुर जितेको हो । अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा भएको यस प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।

Leave a review