चार हजार पाँच सय लागू औषध एम्पुल सहित एक पक्राउ

साझेदारी दैनिक
432 पाठक संख्या

कलैया : प्रतिबन्धित लागू औषध एम्पुल सहित एक जनालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले करिब लागू औषध चार हजार पाँच सय एम्पुल सहित बारा जीतपुरसिमरा उप–महानगरपालिका वडा नं.७ टोल बस्ने अन्दाजी वर्ष २० को सेराज अंसारीलाई पक्राउ गरेको हो ।

उनलाई प्रहरीले बारा कलैया उप–महानगरपालिका वडा नं.५ भरत चौक स्थित मटिअर्वा जाने बाटोको छेउबाट विशेष सूचनाको आधारमा सोमबार बेलुका करिब १९ः१० बजेको समयमा पक्राउ गरेको जनाईएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी सहायक निरीक्षक नन्द किशोर सिंहको कमाण्डमा खटिएको पिकेट डियूटी टोलीले उनलाई २ वाट आपको क्यारेट राखी सोही स्थानमा उभी रहेको हुँदा प्रहरीलाई देखी भाग्न खोज्दा शंकास्पद लागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीले उनको साथबाट प्रतिबन्धित लागू औषध एम्पुल ४ हजार ५ सय पिस १५ जसमा नोफिन १५ सय पिस,फेनारगन १५ सय पिस, डाईजोपाम १५ सय पिस गरी १५ वटा पोका बरामद गरेको प्रहरीले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

वरामद लागू औष र पक्राउ परेका अंसारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको बारा प्रहरीले जनाएको छ ।

Leave a review

This will close in 0 seconds