गोपाल सेवा समिति बाराको सातौंं अधिवेशनको भयो उद्घाटन

श्यामबाबु यादव
273 पाठक संख्या

गोपाल सेवा समिति बारा शाखाको सातौं अधिवेशन सत्रको केन्द्रिय अध्यक्ष बजरंग यादवले गरेका छन् ।

कलैया उपमहानगरपालिका वार्ड नम्बर ६ बाईपास रोडमा रहेको गोपाल सेवा समिति बाराको प्राङ्गणमा शनिबार एक कार्यक्रम बिच सातौं अधिवेशनको उद्घाटन भएको हो ।

गोपाल सेवा समिति बारा शाखाका अध्यक्ष एवम् समाजसेवी जंग बहादुर यादवको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा गोपाल सेवा समितिका केन्द्रिय अध्यक्ष बजरंग,बारा क्षेत्र नम्बर ३ ख का पूर्व प्रदेश सभा सदस्य पारसप्रसाद साह, महागढीमाई नगरपालिका का नगर प्रमुख उपेन्द्रप्रसाद यादव,सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादव र जिल्ला विकास समितिका पूर्व सभापति छठु यादव लगायतले अधिवेशनको सफलताको कामना गरेका थिए ।

उक्त कार्यक्रममा गोपाल सेवा समिति धनुषाका सल्लाहकार विगन यादव,जिल्ला विकास समिति बाराका पूर्व सभापति राजेन्द्रप्रसाद यादव,नेपाल भारत मैत्री संघ मधेस प्रदेशका सचिव पवन अग्रवाल, रामबाबु कुशवाहा,ब्रहम कुमारी राजयोग सेवा केन्द्र कलैयाका मुख्य संचालिका मिना दिदी, कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह,महिला संजालका बबिता जैसवाल,गोपाल सेवा समिति पर्साका अध्यक्ष सुरेन्द्र यादव,पर्साका क्षेत्रीय सचिव हरि यादव,धनुषाका सचिव राजकुमार यादव,धनुषाका अध्यक्ष अन्केश्वर यादव,सञ्चारकर्मी,समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियोे ।

गोपाल सेवा समिति बाराका उपाध्यक्ष रामधारी यादवकोे स्वागत रहेको सो कार्यक्रमको संचालन सचिव शुकदेव यादवले गरेका थिए ।

शनिबार नै बन्द सत्र भएको छ । केही पदाधिकारीहरुलाई हेरफेर तथा थप गर्नु पर्ने भएकोले जेठ २ गते अधिकारिक पूर्ण समिति गठन हुने सचिव यादवले बताए ।

Leave a review

This will close in 0 seconds