श्रृखलाबद्ध रुपमै साईकल चोरी,एक महिना भित्र आठ साईकल गायब

राजेश कुशवाहा
349 पाठक संख्या

कलैया : बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १७ ठुलो ब्रहम्पुरीमा श्रृखलाबद्ध रुपमै साईकल चोरी भएको छ ।

अज्ञात चोर समुहले एक महिना भित्र आठ वटा साईकल चोरी गरेको स्थानिय रामप्रवेश कुशवाहाले जानकारी दिएका छन ।

चोर समुहले नागेन्द्र महतो,बिरेन्द्र महतो,अमिरकन महतो,कारी ठाकुर,पिरमहमद हवारी,ईसरायल मिया,नगिना पाण्डेय,रामप्रवेश कुशवाहाको साईकल चोरेर लगेका हुन ।

रामप्रवेशले आफनो दुई वटा साईकल चोरी भएको बताए ।उनले आफनै घर आंगनमा राखेको अवस्थामा साईकल चोरी भएको बताए ।

चोर समुहले धमाधम साईकल चोरी गर्न थालेपछि स्थानीयबासीले आ आफनो साईकल सुरक्षित रुपमा राख्न थालेका छन । पिडीतहरुले साईकल चोरलाई पक्राउ गर्न स्थानीय प्रहरी प्रशासन संग माग गरेका छन ।

Leave a review

This will close in 0 seconds