Sajhedari Daily
Latest News from Nepal

मालपोत सिमराका कर्मचारीहरुको कोरोना रिपोट नेगेटिभ,आजदेखी कार्यालय सुचारु हुुने

रञ्जन यादब/
मालपोत कार्यालय सिमरा, बाराको कर्मचारीहरुको कोरोना परिक्षण भएको छ । मालपोतका सवै कर्मचारीहरुको रिपोर्ट नेगेटिभ आएको छ । कर्मचारीहरुको रिपोर्ट नेगेटिभ भएपछि कार्यालयको सवै कामकाज आजदेखि सञ्चालन गरिने भएको छ ।

सवै कर्मचारीहरुको कोरोना परिक्षण रिपोट नेगेटिभ आएको जानकारी आफुुले अप्रत्यक्ष रुपमा अस्पताल स्रोतबाट प्राप्त भएको मालपोत कार्यालय सिमराका प्रमुख मनोज कुुमार खनालले जानकारी दिएका छन ।

आजदेखि मालपोत कार्यालय गरिने मानसिकता आफुुहरु बनाएको मालपोत प्रमुुख खनालले बताए । मालपोत कार्यालय सिमरामा कार्यरत एक महिला कार्यालय सहायकमा कोरोना संक्रमण देखिएपछि कार्तिक १६ गतेदेखि कार्यालय अनिश्चितकालको लागि बन्द भएको थियो ।

मालपोत सिमरा बन्द भएपछि त्यस वरिपरिको क्षेत्र सुुनसान भएको छ । मालपोत कार्यालय सिमराको छेउँछाउमा रहेका कानुुनी तथा लेखापढी ब्यवसायीको कार्यालय, होटल, पसल लगायतका सटरहरु बन्द देखिएका छन् ।