बारामा पाँच किलो लागु औषध गाँजासहित एक जना पक्राउ

साझेदारी दैनिक
323 पाठक संख्या

कलैया । बारा प्रहरीले पाँच किलो लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरी चौकी मुसहर्वाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक जीवन खडकाको नेतृत्वमा खटिएको टोलीले आइतबार बाराको बिश्रामपुर गाउँपालिका–४ स्थित बलिरामपुर विद्यालय नजिकै भारततर्फ गइरहेका एक व्यक्तिलाई शंका लागेर जाँच गर्दा टाउकोमा बोकेको कालो झोलामा लुकाई छिपाई राखिएको अवस्थामा उक्त गाँजा बरामद गरिएको हो।

पक्राउ पर्नेमा देश भारत सितामढी जिल्ला डुमरा बस्ने रामअशिष शर्माको छोरा अन्दाजी २९ वर्षीय सावन शर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजय राज पण्डितले जानकारी दिएका छन्।

उक्त शर्मालाई लागू औषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको प्रवक्ता पण्डितले बताए ।

Leave a review