नेपाली कांग्रेस मधेस प्रदेशका उप सभापति चन्द्रशेखर यादवले तिर्थ यात्रामा दुर्घटनामा परि घाइते भएकाहरुसंग भेटघाट गरेका छन् ।
यादवले बिरामीहरुको अवस्था बुझी वीरगञ्जस्थित नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्तासंग समन्वय गरी उपचारको सम्पूर्ण खर्च र औषधि पनि नि.शुल्क उपलब्ध गराएका छन् ।
यादवले घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको श्री कृष्ण भगवानसंग प्रार्थना समेत गरेका छन् ।
बाराको बारागढी गाउँपालिका वडा नम्बर ३ बाट तिर्थ यात्राको लागि जादै गरेको ना ७ ख ६४४६ नम्बरको बस भारतको बिहार स्थित समस्तीपुरको नेशनल हाइवे २८ मा दुर्घटना भएको थियो ।
सो बसमा सवार ४३ जना मध्य २१ जना घाइते भएकाहरुको वीरगंज स्थित नारायणी उप क्षेत्रीय अस्पताल,एक जनाको नेशनल मेडिकल कलेजमा उपचार भइ रहेको छ । बाकी सामान्य उपचार गराई घर फर्केका छन् ।


