वडा नं. ८ द्वारा दलित समुदायलाई भाँडाकुँडा वितरण

साझेदारी दैनिक
297 पाठक संख्या

जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ को कार्यालयले बिपन्न तथा दलित वर्गका नागरिकलाई विवाह, पूजा–पाठ तथा विभिन्न सभा–समारोहहरूमा सहजता होस् भन्ने उद्देश्यले भाँडाकुँडा वितरण गरेको छ ।

वडा अध्यक्ष शिवशंकर महतोका अनुसार करिब दुई लाख रुपैयाँको वडा स्तरीय बजेटबाट भाँडाकुँडाहरू खरिद गरी वितरण गरिएको हो। “दलित समुदायले सामूहिक तथा पारिवारिक कार्यक्रमहरू गर्न भाँडाको अभावमा सास्ती भोग्नुपर्दथ्यो,” वडा अध्यक्ष महतोले भने, “अब उनीहरूले सहज रूपमा कार्यक्रम गर्न सक्नेछन्।”

बितरण गरिएको सामग्रीमा डेक्ची ६ थान ,डेक्चीको ढकन ६ थान ,कराई दुई थान ,कठरा १२ थान , पनिउ दुई थान ,दरी १० थान लगायतको सामग्री रहेका छन् ।

स्थानीयहरूको भनाइमा निजी टेन्टवालाहरूले ‘दलित’ भन्दै भाँडा दिन आनाकानी गर्ने वा ढिलो दिने गरेकाले दैनिक जीवनमा असर पर्ने गरेको थियो। यस कदमले समुदायमा समान पहुँच र सामाजिक न्याय प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Leave a review

This will close in 0 seconds