वडा अध्यक्ष गोल्डकप फुटबलको फाइनलमा पुग्यो वीरगञ्ज

साझेदारी दैनिक
340 पाठक संख्या

वीरगञ्ज युनाइटेड निजगढको रतनपुरमा जारी वडा अध्यक्ष गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहीवार सम्पन्न दोस्रो सेमिफाइनलमा एफसी चन्द्रपुर गैडाटार रौतहटलाई १–० गोल अन्तरले पराजित गर्दै वीरगञ्ज युनाइटेड प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

वीरगंजकोलागि मध्यान्तर अघिको अतिरिक्त समयमा सागर चौधरीले गरेको गोल नै निर्णायक बन्यो ।

खेलमा निर्णायक गोल गर्दै टोलिलाई फाइनलमा पु¥याएका सागर खेलको प्लेयर अफ द म्याच घोषित भए । वीरगंजले उपाधिकोलागी शनिबार योङ्ग स्टार युनाइटेड क्लब निजगढ लालसङ्ग प्रतिस्पर्धा गर्नेछ ।

रतनपुर युनाइटेड युथ क्लबको आयोजनामा संचालित प्रतियोगिताको बिजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपबिजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

निजगढ वडा नम्बर ११ वडा कार्यालयको मुख्य आर्थिक सहयोगमा सो प्रतियोगिता यहाँ भइरहेको हो ।

Leave a review