रोटरी क्लब अफ वीरगञ्जको अध्यक्षता हस्तान्तरण समारोह सम्पन्न

साझेदारी दैनिक
115 पाठक संख्या

वीरगञ्ज : रोटरी क्लब अफ वीरगञ्जको ३८ औं अध्यक्षता हस्तान्तरण समारोह (इन्स्टलेशन सेरेमनी) वीरगञ्जको होटल पुजनमा शनिबार विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ। रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ अन्तर्गत क्लव वीरगञ्ज रहेको हो।

“युनाइट फर गुड” भन्ने मूल नाराका साथ सो कार्यक्रमको आयोजना गरिएको हो। समारोहमा डिष्ट्रिक्ट गभर्नर रोटेरियन विनोद कोईराला प्रमुख अतिथि रहेका हुन्। नव–निर्वाचित अध्यक्ष रोटेरियन गोपाल खेतानले पूर्व अध्यक्ष रोटेरियन निर्मल खत्रीबाट क्लबको नेतृत्व ग्रहण गरेका हुन्।

पुर्व अध्यक्ष डा. आनन्द कुमार झाको स्वागत मन्तव्य, राष्ट्रिय गान, रोटरी गीत, एवं औपचारिक कार्यक्रमको सुरुवात गरिएको थियोे।

रोटरी क्लब अफ वीरगञ्ज (२०२५–२६) को कार्यसमितिमा चयनित पदाधिकारीहरू अध्यक्षः रोटेरियन गोपाल खेतान,पुर्व अध्यक्ष रोटेरियन निर्मल खत्री,उपाध्यक्षः रोटेरियन अमित गुप्ता,अध्यक्ष पदका लागि चयनितः रोटेरियन राकेश मिश्र लगायतका रहेका छन्। यस्तै सचिव रोटेरियन दिनदयाल केडिया,सह–सचिव रोटेरियन कविता खेतान,कोषाध्यक्षः रोटेरियन कृति चौधरी,संयुक्त कोषाध्यक्ष रोटेरियन दीपा रूंगटा रहेका छन्।

यस्तै क्लब प्रशासन निर्देशकः डा. प्रेरणा झा,सेवा परियोजना निर्देशक पूजा सिंघानिया,सदस्यता निर्देशक पियुष गुप्ता,युवा सेवा निर्देशक आयुष गुप्ता,रोटरी फाउन्डेशन निर्देशक दीपक तुलस्यान रहेका छन्।

यस्तै वीरगञ्जमा रोटर्याक्ट–इन्टरेक्ट समन्वय निर्देशक अभिषेक चौधरी,वित्त तथा कोष सङ्कलन निर्देशक डा. सस्वत प्रसाद,सार्वजनिक सम्बन्ध निर्देशक संजय कुमार,महिला विकास निर्देशक कल्पना भगत रहेका हुन्।

रोटरीमा महिला सहभागिता निलीमा तुलस्यान,व्यावसायिक विकास निर्देशकः स्वेता गुप्ता लत तथा निवारण कार्यक्रम निर्देशक डा. आनन्द कुमार झा,सर्जेन्ट एट आम्र्स अर्जुन कुमार खेतान लगायतकाले पदभार ग्रहण गरेका हुन्।

सो कार्यक्रममा डिष्ट्रिक्टका एजी धन बहादुर श्रेष्ठ, पूर्व डिष्ट्रिक्ट गभर्नर तथा रोटरी मेम्बरशिप को–अर्डिनेटर २०२६–२९ का लागि सञ्जय गिरि,पिडिजि जितेन्द्रराज भण्डारी, डिएमसी लक्ष्मण ज्ञवाली, डिष्ट्रिक्ट पब्लिक इमेज चियर अमित गिरि, तथा संयुक्त डिष्ट्रिक्ट सचिव (रिजन ६) डा. आर. के. भट्टराई लगायतको विशेष उपस्थिति थियोे।

Leave a review

This will close in 0 seconds