अविरल बर्षाले बाराका धेरै स्थानहरुमा जलमग्न,जीतपुरसिमराको बस्तीहरुमा बाढी पसेपछि स्थानीयहरुको बिजोग

रञ्जन यादव
422 पाठक संख्या

जीतपुर । केहीदिन देखी परेको अविरल बर्षाले बारा धेरै स्थानहरुमा जलमग् भएको छन । निरन्तर परेको पानीले कतिपय गाँउघर डुबानमा परेका छन भने कतिपय स्थानहरुमा बाढी बसेपछि विजोग भएको छ ।

यता जीतपुरसिमरा उपमहानगरपालिकाको विभिन्न बस्तीहरुमा बाढी पसेपछि स्थानीयहरुको समस्यामा परेका छन । बर्षसंगै आएको बाढीले रोडमा गुडिरहेको कार बगाउँनुको साथै घर भत्काएको छ ।

बर्षाका कारण धेरैजसो बिद्यालयमा बिद्यार्थीहरु उपस्थिति न्युन भएका छन । कतियय विद्यालयहरुमा विद्यार्थी नगएकै कारण बिद्यालय सुनसान जस्तो देखिन्थ्यो । धेरैजसो विद्यालयका चौर र कक्षाकोठामा नै पानी पसेपछि प्रभाबित भएर बन्द भएका थिए ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ शान्तिटोलमा बाढीले एक स्थानीयको घर भत्किएको हो । बर्षापछि भाङ्ग्रे खोलामा आएको बाढीबस्तीमा पस्दा स्थानीय सुनिल साहको पक्की घर भत्किएको हो ।

साह नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक हुन् । उनि जिल्लाबाहिर कार्यरत छन् । घरमा उनको परिवारका सदस्य बस्दै आएका थिए । बाढीले घर भत्काएपछि स्थानीय र सुरक्षाकर्मी मिलेर परिवारका सदस्यको उद्धार गरेका छन् ।

यता बाढीले बजनीमा गुडिरहेको एउटा कार बगाएको छ । जीतपुरका व्यवसायी शिवजी साह सोनार लगायत चार जना सवार कार बाढीले बगाएको हो । बाढीले कार बगाएपछि एक स्थानीयले उनिहरुलाई उद्धार गरेका थिए । बाढीले बगाएको कारलाई डोरीले रुखमा बाधेर राखिएको थियो ।

यस्तै बस्तीमा पानी पसेपछि जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेल सुरक्षाकर्मीसँग अनुगमनमा निस्कुभएको छ । उनले बाढी प्रभाबित क्षेत्रमा केहि राहत बितरण गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

Leave a review