माहेश्वरी समाज वीरगंजका अध्यक्ष बाहेतीद्वारा निःशुल्क कृत्रिम खुट्टा प्रदान

साझेदारी दैनिक
192 पाठक संख्या

वीरगञ्ज : माहेश्वरी समाज वीरगंजका अध्यक्ष प्रकाश बाहेतीको सहयोगमा एक महिलालाई निशुल्क कृत्रिम खुट्टा प्रदान गरिएको छ।

बाहेती द्वारा रोटरी महावीर जयपुर लिम्ब रिहाबिलिटेशन सेन्टरलाई प्रदान गरिएको आर्थिक सहायताबाट पर्सा जिल्लाकी एक अपांग महिलालाई निःशुल्क तल्लो अप्राकृतिक खुट्टा (कृत्रिम खुट्टा) प्रदान गरिएको छ।

यस मानवीय सेवामूलक कार्यको सह–आयोजक तथा स्थानीय संयोजकको रूपमा रोटरी क्लब बीरगंजले प्रमुख भूमिका निर्वाह गरेको छ। क्लबका अध्यक्ष रोटेरियन गोपाल खेतानले जानकारी दिँदै यस अभियानमार्फत अपांगता भएका नागरिकहरूलाई नयाँ जीवन प्रदान गर्ने कार्य भइरहेको जनाएका हुन्।

रोटरी क्लब सदैव समाजसेवामा समर्पित रहेको र आगामी दिनहरूमा अझ व्यापक रूपमा यो अभियानलाई विस्तार गर्ने योजना रहेको जनाइएको छ।

रोटरी क्लब बीरगंजद्वारा सञ्चालित कृत्रिम खुट्टा वितरण अभियानमा हालसम्म सयौं व्यक्ति लाभान्वित भइसकेका छन्। एकवटा कृत्रिम खुट्टा प्रत्यारोपणमा औसत रु. १६,५०० बराबरको खर्च हुने जानकारी दिइएको छ।

Leave a review