वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

काँग्रेसको महाधिवेशनमा संविधानसभा सदस्य सहित उपमेयर नै पराजीत

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बारा जिल्लामा सम्पन्न क्षेत्रीय अधिवेशनमा
संविधानसभा सदस्य सहित निर्वाचित उपमेयर समेत महाधिवेशन प्रतिनिधीमा पराजित भएका छन ।

सर्वसहमतीबाट नेतृत्व चयन हुन नसके पछि बाराका सवै निर्वाचन क्षेत्रमा निर्वाचन भएको थियो ।
प्रतिनिधी सभा निर्वाचन क्षेत्र अन्तरगत चार वटा निर्वाचन क्षेत्र रहेको बारामा अधिवेशमा कतिपय पुराना तथा वहालवाला निर्वाचितहरु नै पराजित भएका छन ।

बारा क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधीमा उम्मेदवार बनेका संविधानसभा सदस्य लालबाबु सिंह पराजित भएका छन । बारा क्षेत्र नम्बरबाटै जीतपुरसिमरा उपमहानगरपालिकामा मेयर पदका प्रत्यासी कृष्णब्रत सिंह समेत महाधिवेशन प्रतिनिधीमा पराजीत बनेको हुन ।

यस्तै नेपाली काँग्रेस बारा जिल्ला सभापति समेत रहेको जयचन्द चौरसिया पनि महाधिवेशन प्रतिनिधीमा पराजीत भएका हुन । यस्तै कलैया उपमहानगरपालिकाकी उपमेयर रहिमा खातुन समेत महाधिवेशन प्रतिनिधीमा पराजीत भएकी छिन ।

उपमेयर खातुन मुस्लीम महिलातर्फ महाधिवेशन प्रतिनिधीका लागि निर्वाचन लडेकी थिईन । उनलाई २७ बर्षिय तबस्सुम आरा अन्सारीले हराएकी हुन । उपमेयर खातुनले २६० मत ल्याउदा आरा अन्सारीले २८६ मत ल्याएर महाधिवेशन प्रतिनिधीमा विजयी भएकी हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
error: Content is protected !!