वीरगञ्ज : लायन्स क्लब अफ सेन्ट्रल सिटि वीरगञ्जले वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग गरेको छ ।
लायन्स क्लब अफ सेन्ट्रल सिटिका अध्यक्ष सुशीला साहको नेतृत्वमा मंगलबार सो कपडा हस्तान्तरण गरिएको हो। बैंकलाई दुई बोरा, दुई कार्टुन बोरा, छ झोला कपडा हस्तान्तरण गरिएको हो।
वीरगञ्ज कपडा बैंकको कार्यालय पुगेर बैंकका अध्यक्ष लालबाबु सिंहलाई साहले हस्तान्तरण गरेकी हुन्। सो अवसरमा सेन्ट्रल सिटिका जोन पर्सन डा. लक्ष्मी थापा ,डिन्ट्रीक चेयर पर्सन गुडडी जोशी,उपाध्यक्ष देवन्ती साह, सचिव कविता खडका,सदस्यहरु सरिता सिंह ,जयन्ती चतुर्वेदी ,रेखा ओझाको विशेष उपस्थिति थियो।
सो कार्यक्रममा वीरगञ्ज कपडा बैंकका सल्लाहकार अधिवक्ता प्रकाश उपाध्याय –श्रवण बहादुर रायमाझी, सचिव कन्हैया पटेल, कोषाध्यक्ष मनोज मिश्रा,सदस्यहरु नवराज भट्टराई , कुन्दन मिश्रा लगायतको उपस्थिति थियो।
विगत ६ वर्ष देखि वीरगन्ज –८ मा कार्यालय स्थापना गरि पर्सा र बाराको केही स्थानहरुमा बैंकले सेवा प्रवाह गर्दै आइरहेको छ।


