काठमाडौं : युनिक यादव/ नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा बाराबाट ३ जना खेलाडी अनुबन्ध भएका छन्।
शनिबार काठमाडौंमा भएको एनपीएलको अक्सनमा नेपाली राष्ट्रिय टोलीका खेलाडी आदिल आलमलाई १५ लाखमा काठमाडौं गोर्खाजले अनुबन्ध गरेको छ।
ग्रेड ए मा रहेका आलमको न्युनतम मुल्य १० लाख रुपैयाँ थियो। सबै टिमले अधिकतम १५ लाख मा चाहेपछि काठमाण्डु गोर्खाजले लक्की ड्र बाट पाएको हो । आदिल पहिलो पटक एनपीएल खेल्ने भएका छन ।
त्यस्तै, राष्ट्रिय टोलीका खेलाडी पवन सर्राफलाई कर्णाली याक्सले अनुबन्ध गरेको छ। उनलाई १५ लाख रुपैयाँमा याक्सले अनुबन्ध गरेको हो। यसैगरी अर्का क्रिकेटर साहिल पटेल विराटगनर किङ्समा अनुबन्ध भएका छन। उनलाई विराटनगरले ५ लाखमा खरिद गरेको हो ।
एनपीएलको दोस्रो संस्करणको खेलाडी छनोटका लागि अक्सन सूचीमा बाराबाट ११ जना खेलाडी थिए। ती खेलाडीलाई विभिन्न ग्रेडमा वर्गीकरण गरिएको थियो।
बाराबाट ग्रेड ए मा आदिल आलम र पवन सर्राफ, ग्रेड बी मा रवि साह, निखिल सिंह र साहिल पटेल रहेका थिए। ग्रेड सी मा अमित श्रेष्ठ, अरनिको यादव, निरज यादव, भुलवन सहनी, कमल गुप्ता र आकिल खान रहेका थिए। यसअघि नै बाराका अनिल साह र तृथराज दास रिटेन भईसकेका छन ।

