कलैया । कलैया उपमहानगरपालिकाले आइतबारदेखि सेवा सुचारु गर्ने भएको छ।
कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शनिबार एक सूचना जारी गर्दै यसबारे जानकारी दिएका हुन्।
सूचनामा विगत केहि दिन देखि देशको विषम एवं संवेदनशील परिस्थितिको कारणले यस नगर कार्यपालिकाको कार्यालय मातहतका कार्यालयहरुको सेवा प्रवाह र शैक्षिक संस्थाहरुको पठनपाठन समेत स्थगन रहेको उल्लेख छ।
हाल देशको परिस्थिति सामान्य भईसकेकोले भदौ २९ गते आईतवारदेखि यस उपमहानगरपालिकाको कार्यालय एवं मातहतका कार्यालयहरुवाट हुने सेवाहरु सूचारू हुने सो सूचनामा जानकारी दिइएको छ।
साथै शैक्षिक संस्थाहरुको पठनपाठन समेत संचालन हुने उनले जनाएका हुन्।

