मल वितरणमा पारदर्शी हुन सहकारीहरुलाई निर्देशन

साझेदारी दैनिक
326 पाठक संख्या

कलैया । जिल्ला प्रशासन कार्यालय बाराले अनुदानको मल वितरण गर्न जिम्मा पाएका सहकारी संस्था तथा वितरकहरुले वितरणमा पारदर्शिता, नैतिकता, इमान्दारिता र प्रभावकारितालाई हेक्का राखि वितरण गर्नु अनुरोध गरेको छ ।

कार्यालयले आफ्नो आधिकारी फेसबुक पेजबाट सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो । अहिले कृषक समुदायबाट मलको व्यापक माग आइरहेको छ। तर माग र आपूर्तीमा ठूलो ज्ञाप भएको अवस्थामा मल वितरणमा पारदर्शि हुन सहकारी संस्थाहरुलाई आग्रह गरिएको छ

कार्यालयबाट सम्बन्धित स्थानीय तह संग समेत समन्वय गरी त्यस्ता सहकारी र मल वितरण गर्ने सरकारी कार्यालय समेतको अनुगमन गर्ने तयारी भएको सूचनामा जनाईएको छ । मल वितरण अनियमितता भएको पाईए कारवाही गर्ने समेत भनिएको छ ।

कसैले उल्लिखित अनुदानको मलमा अनियमितता गरेको सूचना वा जानकारी भएमा ९८५५००७७७७ नम्बर ह्वाट्एपमा समेत मेसेज मार्फत सूचना प्रशासन कार्यालयले सबैमा अनुरोध गरेको छ ।

Leave a review