Sajhedari Daily
Latest News from Nepal

उबासंघ बाराको चार पदमा भएको निर्वाचनको मतपरिणाम सार्वजनिक

बारा उद्योग बाणिज्य संघको सम्पन्न १३ औ जिल्ला अधिवेशनको चुनावमा चार जना पदाअधिकारीहरु निर्वाचित भएको छ ।
दुई खेमाबिच सम्पन्न चिर्वाचनले उपाध्यक्षमा प्रदीप कुमार साह २ सय ७१ मत ल्याई बिजयी भएको प्रमुख निर्वाचन अधिकृत परमहंस केसरीले जानकारी दिए । उनका प्रतिद्धन्द्धी नवलकिशोर साहले १ सय ५६ मत प्राप्त गरेका थिए ।

त्यसैगरी महासचिवमा रामअसिस साह कानुले २ सय ३५ मत ल्याई बिजयी भएका छन भने प्रतिद्धन्द्धी योगेन्द्र दासले २ सय २९ मत ल्याउन सफल भएको थियो । सचिवमा शिवजी प्रसाद यादवले २ सय ३५ मत ल्याई बिजयी भए भने शशिभुषन केसरीले १ सय ६७ मतमा चित बुझाएका छन् ।

त्यसैगरि कोषाध्यक्षमा अजय कुमार बुढाले २ सय ३७ मत ल्याई बिजय भएको हो। ब्यपारीहरुको छाता संगठनको रुपमा रहेको बारा उधोग बाणिज्य संघको चुनावमा भने प्रष्ट रुपमा दलिय कित्तामा उम्मेदवारहरुले आफुलाई उभ्याएको थियो । चुनावी प्रस्पिर्दा निकै कडा रुपमा भएको छ । महासचिवमा जम्मा ६ मतले बिजयी प्राप्त गरेका छन ।

उनको निकतम प्रतिद्धन्द्धी सुरेश साहले २ सय २१ मत प्राप्त गरेको थियो । कुल ५ सय ८७ मतदाता रहेकोमा ४ सय ८० मत खसेको थियो । ८ मत भने बदर भएको प्रमुख निर्वाचन अधिकृत केसरीले जनाए । यसअघि भन्दा अगाडी बारा उद्योग बाणिज्य संघको अध्यक्ष पदमा राजकुमार साह सर्वसहमत निर्वाचित भईसकेका हुन भने अन्य बाकी पदहरु पदाअधिकारी तथा सदस्यहरु पनि सर्वसहमत भईसकेका छन ।

Comments are closed.

error: Content is protected !!