रौतहटमा पाँच वर्षीय नाबालक फेला

साझेदारी दैनिक
247 पाठक संख्या

वीरगञ्ज : रौतहटको यमुनामाई गाउँपालिका – ५ पथरामा एक अज्ञात पाँच वर्षीय नाबालक रुदै गरेको अवस्थामा आइतबार फेला परेका छन् ।

स्थानीय बासिन्दाले नाम, थर र ठेगाना बताउन नसक्ने ती नाबालकलाई बालकलाई फेला पारी प्रहरी पोस्ट बमनहरमा बुझाएका छन्।

बालकलाई चिन्ने वा जान्ने व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय रौतहटले तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रहरीले प्रदान गरेको सम्पर्क नम्बरहरू ९८५५०४०९९९, ९८५५०९०३७४ वा हटलाइन नम्बर १०० मा फोन गरी जानकारी उपलब्ध गराउन रौतहट प्रहरीले आग्रह गरेको छ।

Leave a review

This will close in 0 seconds